आजको मौसम पुर्वानुमान

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पुर्वानुमान जारी गर्दै आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको बताएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको बताउँदै आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । त्यस्तै आज राती भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।