रोग प्रतिरोधात्मक क्षमता बढाउन खानुहोस यी खानेकुरा …

काठमाण्डौ । अधिकतम रोग भएको बेलामा चिकित्सकले बिरामीलाई सिट्रस फ्रूट्स अर्थात अमिला फलफूल खाने सल्लाह दिन्छन् । इम्यूनिटी बढाउनका लागी मानिसको शरिरमा सिट्रस फ्रुट्सले निकै ठुलो भूमिका निर्वाह गर्छ। अंगुर, सुन्तला, निमुबा, कागती, सरिफा लगायतका फलहरु सिट्रस फ्रूट्समा पर्दछन् । अदुवामा आइरन, क्याल्सियम, क्लोरिन भिटामिन प्रशस्त मात्रामा रहने हुनाले यसले  एन्टीभाइरलको काम गर्छ। त्यसैले आफ्नो खानपानमा अदुवाको समावेश गर्नु निकै लाभदायक हुन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसले पाचनक्रियालाई बलियो बनाउनाका साथै प्रतिरोधात्मक क्षमताको पनि वृद्धि गर्छ । सौप वा महका साथमा अदुवा खादाँ यसबाट बढि लाभ पाउन सकिन्छ । दैनिक ३/४ पटक अदुवाको सेवन गरेमा यसले इम्यून सिस्टम राम्रो बनाउँछ । मानिसको शरिरमा दैनिक १५ मिलिग्राम भिटामिन ‘ई’ को आवश्यकता रहन्छ। भिटामिन ई ले शरीरमा कुनै पनि रोगको संक्रमण हुन दिदैंन ।

भिटामिन ‘ई’ अल्जाइमरको बिरामीका लागि पनि उत्तम आहार बन्न सक्छ।  भिटामिन ई मा समावेश हुने एन्टिअक्सीडेन्ट्सले शरीरलाई इन्फेक्सनसँग लड्न शक्ति प्रदान गर्छ । ओख्खर, बदाम, एभोकादो, सूर्यमुखी फुलको बिउ तथा पालुगाें र ब्रोकाउली पनि भिटामिन ई को स्रोत हुन् ।  शरीरका लागि भिटामिन सि एक आवश्यक भिटामिन हो । यो भिटामिन  एण्टी-अक्सिडेन्टल  हुन्छ जसले शरीरको तापमानलाई सञ्चालन गरि राख्न सहयोग गर्दछ । यसले कोशिका निर्माणमा समेत सहयोग गर्दछ ।  चिकित्सकका अनुसार भिटामिन सीले इम्यून सि’ स्टमको विकास गर्दछ । त्यसैले भिटामिन सी प्राप्त गर्न सुन्तला, मौसमी, स्ट्रबेरी, पालुगों र ब्रोकाउली सेवन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *