बीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा–१ का ८३ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषलाई त्यसलगत्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने उपचारको क्रममा उनको आज बिहान २ः१० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । मृतक पुरुष उच्च रक्तचाप, मधुमेह, प्रोस्टेट, श्वासप्रश्वास लगायतका समस्याबाट पीडित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *