सञ्चालनमा आए सवारी साधन, सडकमा बढ्यो चाप

काठमाडौँ । करिब चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन अब भने सञ्चालनमा आएका छन् । चैत्र ११ गतेदेखि देशव्यापी लकडाउनको घोषणा भएसँगै सवारीहरू पनि ठप्प भएका थिए । आज करिव आधा सवारीसाधन सञ्चालन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आएका भए पनि यात्रुको संख्या भनी कम रहेको छ ।

अहिलेका लागि मर्मत भएका सवारीसाधनहरु मात्र सञ्चालनमा आएका भए पनि आगामी केहि दिनमा नै थप सवारी साधनहरु सडकमा आउने महासङ्घले जानकारी दिएको छ । सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय झण्डै दुई साताअघि गरेको थियो भने मजदूर तथा महासङ्घले भने बल्ल सवारी साधन सञ्चालन गर्ने निर्णय गरेका हुन् । अझै पनि कतिपय गाडीहरु ग्यारेजमा नै थन्किएर रहेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सिटौलाका अनुसार मर्मत कार्य सकिएपछि बाँकी सवारी साधनहरु पनि सञ्चालनमा आउनेछन् । सरकारको निर्देशन अनुसार व्यवसायीले हरेक चालक तथा सहचालकलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्रीहरु उपलब्ध गराएका छन् भने यात्रुलाई पनि माक्स अनिवार्य रुपमा लगाउनुपर्ने भनिएको छ । उहाँले भन्नुभयो, “सबै निकायले तोकिएको दायित्व पूरा गरेपछि बल्ल सुरक्षित हुन सकिन्छ ।” त्यस्तै भदौ १ गतेदेखि हरेक छोटो, मध्यम तथा लामो दुरीका सवारीहरू पनि चल्न पाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *