कोरोना संक्रमणबाट चितवनमा प्रहरी हबल्दारको मृत्यु

काठमाडौं । चितवनमा कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । क्यान्सरका बिरामी रहेका उनलाई ज्वरो तथा खोकी देखिएपछि यहि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो भने त्यसपछि गरिएको परिक्षणमा उनलाई २३ गते संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा‍. दयाराम लम्सालले बताए ।

सङ्क्रमण पुष्टि भएसँगै भर्ना गरिएको उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *