आईपीएलमा बैंगलोरको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गए राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सहज जित हासिल गरेको छ । अबुधाबीमा भएको कोलकाता नाइटराइडर्स विरुद्धको खेलमा बैंगलोरले कोलकातालाई हराउँदै जित हाँसिल गरेको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पहिले टस जितेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको थियो भने कोलकाताले दिएको ८५ रनको सहज लक्ष्य बैंग्लोरले दुई विकेट गुमाउँदै हासिल गर्यो । यससँगै बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *