चितवनमा उपचाररत कोरोना संक्रमित गर्भवतीको मृत्यु

काठमाण्डौ । चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिला रहेकी छिन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

खोकी तथा स्वासप्रस्वासमा समस्या देखिएको उनलाई यहि असोज ३० गते कोरोना पुष्टि भएको थियो भने त्यसलगत्तै उनलाई उपचारको लागी राखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि बुधबारदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी ३७ हप्ताको गर्भवती रहेकी उनको उपचारको क्रममा बिहिबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *