वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

काठमाण्डौ । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा आगजनी भएको छ । कार्यालयमा एक अज्ञात समूहले आगजनी गरेको हो । बुधबार राती उक्त अज्ञात समुहले प्रज्ज्वलनशील पदार्थ छर्किएर आगजनी गराएको नगरपालिकाले जनाएको छ ।

उक्त समुहले कार्यालयको झ्यालको सिसा फुटाएर कार्यालयमा प्रज्ज्वलनशील पदार्थ छर्कि आगजनी गराएको वडा सचिव महेश भट्टले जानकारी दिएका छन् । आगजनीबाट कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको उनले बताएका छन् । यस घटनाको हाल अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अहिले घटनामा भएको क्षतिको विवरण संकलनका साथै प्रारम्भिक अनुसन्धान पनि गरिरहेको उनको भनाइ रहेको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले पनि यस विषयमा आवश्यक छानबिन भइरहेको बताएको छ । यसअघि साउन ५ गते पनि कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *