आज बढ्यो सुनचाँदीको मुल्य, प्रति तोला कति

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । आज सुनमा प्रति तोला ८ सय रुपैयाँले बढेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै हिजो प्रति तोला ९४ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रति तोला ९५ हजार ५ सय कायम गरिएको छ भने हिजो ९४ हजार २ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको तेजावी सुनको मूल्य आज ९५ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मुल्य आज प्रति तोला १ हजार २ सय ४० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *