पेस्तोल र वन्यजन्तु सामग्रीसहित एकजना पक्राउ

काठमाण्डौ । प्रहरीले अवैध हतियार बोकी सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिगएको टोलीले विशेष सूचनाका आधारमा उनलाई दुई थान पेस्तोलसहित घरबाट मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् ।

उनका अनुसार गुरुङको घरबाट लुकाई राखेको अवस्थामा प्रहरीले दुई थान पेस्तोल सहित वन्यजन्तुसँग सम्बन्धित सामग्री समेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *