अष्ट्रियामामा यी नेपाली महिलाले किन गरिन् आफ्नै तीन सन्तानको हत्या ?

काठमाडौं। अष्ट्रियामा एकजना नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरेकी छिन् । शनिबार आफ्ना तीन सन्तानको हत्यापछि उनले आफैंले प्रहरीलाई खबर गरेकी थिइन् भने हाल ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

स्थानीय मिडियाले जनाए अनुसार ती नेपाली महिला आफ्ना तीन सन्तानसँग बस्थिन् भने उनका श्रीमान छुट्टिएर बस्दै आएका थिए । उनको पारिवारिक पृष्ठभूमिलाई हेरेर प्रहरीले पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

बुटवलकी ३१ वर्षकी चन्द्रा भट्टराई अर्यालले आफ्ना नौ वर्षीय छोरी, तीन वर्षीय छोरी र आठ महिने छोराको हत्या गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रिया उच्च स्रोतले बताएको छ । यस विषयमा भियनास्थित नेपाली दूतावासले स्थानीय प्रहरीसँग सम्पर्कमा रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *