बलिवुडको भित्री रूपबारे मुख खोले अभिनेता रणवीरले…

काठमाण्डौ । बलिउडमा नेपोटिजमको बहस समय समयमा भइ नै रहन्छ । कंगना रनौतले उठायो यस मुद्दाको विषयमा बिस्तारै बिस्तारै अन्य कलाकारले पनिया आवाज उठाउन थालेका छन् भने अहिले यसले बलिवुडको दर्शक माझ निकै ठुलो छाप पारेको छ । दर्शकहरु पनि अहिले नेपोटिजमको बारेमा आवाज उठाउन थालेका छन् । यस्तै एक अभिनेता रहेका छन् रणवीर शौरी । उनी पछिल्लो समय सोसल मिडियामा निकै सक्रिय भएका छन् भने उनले पनि केहि दिन यता आवाज उठाउंदै आएका छन् ।

उनले उद्योगबारे तितो सत्य बताउनुका साथै चलचित्रकर्मी अनुराग कश्यपसँग ‘तँतँ–मम’ सम्म गर्दै खुल्ला रुपमा आफ्नो बयान दिँदै आएका छन् । रणवीरले सोसल मिडियामाा आफ्ना संघर्षका दिनहरुका विषयमा छलफल गरेका छन् । कुनै समयमा बलिउडले आफुलाई एक्लै छोडिएको र निकै नै बदनाम गर्ने कोसिस गरिएको पनि उनले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसै सिलसिलामा रणवीरले एक ट्वीट गर्दै भनेका छन् , ‘म कसैको पनि नाम लिन सक्दिनँ किनभने मसँग उनीहरु विरुद्ध कुनै ठोष प्रमाण छैन । तर म यो मुद्दामा यसकारण पनि बोलिरहेको छु किनकी ममाथि पनि यी सब भएका छन्, एक्लै छोडिइनु, गलत बोल्नु, मिडियामा झुटो खबर फैलाउनु जस्ता हर्कत ममाथी पनि भएका छन् जसकारण सन् २००३–२००५ बीचमा म अत्यधिक तनावमा रहेको छु ।  उनले यी सब कारणले गर्दा आफु देश छोडेर जान समेत बाध्य भएको पनि बताएका छन् । त्यस समय आफ्नो उमेर पनि केवल ३३ वर्षको रहेको उनले बताएका छन् । कसैको नाम नखुलाएपनि उनले अहिले विवादमा मुसिएका मानिसहरु नै उनको घटना पनि सामिल रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *