बुटवलमा थप दुइ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बुटवलमा कोरोना भाइरसको संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ का ४७ वर्षीय पुरुष र बुटवल १७ मोतिपुरका ८१ वर्षीय पुरुष रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार उनीहरुको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान थप २ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिएका छन् । अस्पतालका अनुसार दुवै बिरामी भेन्टिलेटरमा उपचाररत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *