चितवनमा थप १०४ जनामा कोरोना पुष्टि

काठमाण्डौ । मंगलबार गरिएको परीक्षणमा चितवनमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा गरिएको परिक्षणमा चितवनका ४६ जनासहित ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा जिल्लाका ५८ सहित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु चितवनको भरतपुर महानगरपालिकाका मात्रै ११ जना पुरुष र १२ जना महिला सहित कुल २३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *