आज नवरात्रीको पाँचौं दिन: स्कन्दमाता भगवतीको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । हिन्दू नेपालीहरुको महान चाड वडादशैँ अन्तर्गत नवरात्रीको आज पाँचौं दिन स्कन्दमाता भगवतीको पूजाआजा गरि मनाइदै छ । धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएका कारण माता पार्वतीको यस रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ  भने यिनी मानस गद्दीमा बसेर हातमा कमलको फूल धारण गरेकी छन् । स्कन्दमाता देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने धार्मिक विश्वास रही आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *