उपत्यकामा थपिए १७०२ संक्रमित

काठमाडौं । दिनहुँ रुपमा संक्रमित थपिने क्रममा आज देशभरमा कुल ३ हजार ९३ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्य काठमाडौं उपत्यकामा मात्र थप १ हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उपत्यकामा थपिए नयाँ संक्रमितमध्य काठमाडौंका १ हजार ४ सय ३१ जना, ललितपुरका १ सय २३ जना र भक्तपुरका १ सय ४८ जना रहेका छन् । यससँगै काठमाण्डौमा संक्रमितको कुल संख्या ४७ हजार ८ सय ७३ पुगेको छ भने भक्तपुरमा ४ हजार ६ सय ८९ र ललितपुरमा ६ हजार ६ सय १५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *