भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागी, एकजना घाइते

काठमाण्डौ । रुपन्देहीको भैरहवास्थित एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा अवस्थित उक्त सप्लायर्समा इन्धन बोकेर आएको ट्याङ्करबाट ट्याङ्कीमा तेल खन्याउने क्रममा आगलागी भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आगलागीमा परेर लु २ ख १५४१ नम्बरको ट्याङ्कर पूूर्ण रुपमा नष्ट भएको छ भने त्यसका साथै २० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जनाएको छ । त्यसका साथै इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हातखुट्टा पनि आगोले पोलेर सामान्य घाइते भएको रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *