मुग्लिन–नौबिसे सडकखण्डमा पहिरो पन्छाउने काम तीव्र रुपमा हुँदै

gf/fo0fu9–d'lUng ;8sdf klx/f] e/tk'/, % ;fpg clj/n jif{sf sf/0f gf/fo0fu9–d'lUng ;8sv08 cGtu{t OR5fsfdgf ufpFkflnsf–^, rf/ lsnf]df v;]sf] klx/f] . k"0f{ ?kdf cj?4 ePsf] ;8ssf] klx/f] kG5fOFb} . t:jL/M s[i0f cfrfo{÷/f;;

काठमाण्डौ । केहि दिन यता भैरेको लगातार वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोले इकाई क्षती पुर्याइरहेको छ।  यस्तै रा पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड पनि अवरुद्द भएको छ । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि राजमार्ग गत सोमबारबाट पूर्णरुपमा अवरुद्ध थियो भने शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि सडकको काम अघि बढाइएको छ ।  डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इ कृष्णराज अधिकारीले बताए अनुसार मौवाखोलामा बुधबार बिहान देखि नै खोला मूलधारमा पठाएर जालीको पर्खाल लगाउन थालिएको छ ।

राती अबेरसम्म भएको पर्खाल लगाउने कार्यमा दिउसोको समयमा नेपाली सेनाले समेत सहयोग गरेको बताइएको छ । बिहान सबेरैदेखि पर्खाल लगाउने कामलाई निरन्तरता दिइएको छ ।  नुवाकोटबाट जालि झिकाएर स्थानीय ढुङ्गा भरेर त्यहाँ पर्खाल लगाउने काम भइरहेको छ भने आज दिनभरमा धेरै काम सम्पन्न हुने अपेक्षा गरिएको छ । कार्यालय प्रमुख अधिकारीले भने, “थप पानीले समस्या नबनाएको खण्डमा शुक्रबार दिउँसोसम्ममा नै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउँछौँ ।” भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उक्त सडकखण्डको मुग्लिनबाट नौबिसेसम्म २०० भन्दा बढी पहिरा खसेका थिए भने पहिरो पन्छाउने तथा मर्मत गर्ने काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिएका छन् । सडक विभागले राजधानी काठमाडौँ जानका लागी हालका लागी भने त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ ।  पहिरोका कारण बाटो अवरुद्ध भएपछी अत्यावश्यक तथा मालबाहक सवारी अहिले निकै प्रभावित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *