रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिला रहेकी छिन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको मंगलबार बिहान बुटवलस्थित कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई यहि सोमबार कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा भर्ना गराएर भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेको थियो । मधुमेहको दीर्घरोगी समेत रहेकी उनको उपचारकै क्रममा मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *