कैलालीमा असईसँगै हराइरहेका जवानको पनि शव भेटियो

काठमाण्डौ । शनिवार रातिदेखि हराइरहेका प्रहरी जवान रामबहादुर साउदको मोहना नदीमै शव भेटिएको छ । उनको शव मंगलबार मोहना नदीमा भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले बताए ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

जिगडा चौकीबाट मोटरसाइकलमा चढी सीमा क्षेत्रतर्फ गस्तीमा गएका नेपाल प्रहरीका असई तथा कैलालीको अस्थायी प्रहरी बिट जगेडाका इन्चार्ज असई गोविन्द विकको शव आइतबार फेला परेको थियो भने हबल्दार साउद वेपत्ता भएका थिए ।

प्रहरी घटनाको अनुसन्धानको निकै नजिक पुगेको बताउँदै हत्यारा पनि छिटै सार्वजनिक गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *