गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि

काठमाण्डौ । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तिमध्य कास्कीका २७, स्याङजाका चार र तनहुँका एक जना रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै प्रदेशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या पाँच हजार ९ सय ६० पुगेको छ भने हालसम्म ५४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताएका छन् । प्रदेशमा हालसम्म तीन हजार ६ सय ५ जना निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *