होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । दाङमा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा देउखुरीको लमही नगरपालिका–५ को लमही बजारमा घर भएका ४३ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका उनलाई कोरोना संक्रमण पुश्त५इ भएको थियो भने त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका उनको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

कलेजो बिग्रिएर कमजोर भएको उनको आज बिहान देहान्त भएको वडाध्यक्ष बिमबहादुर केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *