उपचारका क्रममा धरानमा कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी सुनसरीका ५६ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनलाई यहि कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने त्यसलगत्तै उनलाई कोभिड अस्पताल भर्ना गरिएको थियो । दीर्घ रोगी समेत रहेका उनको सोमबार राति ९ः३० बजे को मृत्यु भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *