एपीएफ टोलीद्वारा भारतीय रुपैयाँ बरामद

काठमाण्डौ । महोत्तरीको मटिहानी नगरपालिका–८ गान्धीगल्लीबाट एपीएफ टोलीले आइतबार तीन लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट गस्तीमा खटिएको एपीएफको टोलीलाई देख्नासाथैे उक्त रुपैया ल्याउँदै गरेका व्यक्तिले आफुले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएका थिए भने त्यसपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ भने यसको विषयमा थप अनुसन्धान चलिरहेको छ ।