बुटवलमा ४४ वर्षीय संक्रमित महिलाको मृत्यु

काठमाण्डौ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा  बुटवल–११ की ४४ वर्षीया महिला रहेकी छिन ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई यहि सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो भने संक्रमण पुष्टि भएसँगै उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार सुरु गरिएको थियो ।

मधुमेहको समेत रोगी रहेकी ती महिलाको उपचारकै क्रममा मंगलबार बिहान ५ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *