अभिनेता संजय दत्तले क्यान्सरलाई जिते

काठमाडौं । चर्चित बलिउड अभिनेता संजय दत्तले क्यान्सरलाई जितेका छन् । अखबार दैनिक भास्करका अनुसार उनका नजिकका मित्र तथा ट्रेड एनालिस्ट राज बंसलले यो जानकारी दिएका हुन् भने कोकिलाबेन अस्पतालको सूत्रले पनि यो कुरा पुष्टि गरेको जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

६१ वर्षीय संजयको सोमबार पोजिट्रान एमिसन टोमोग्राफी ९पीटीइ० रिपोर्टै आएको थियो जसमा उनी क्यान्सरमुक्त पाइएका छन् । केही दिनअघि संजयले सामाजिक संजालमार्फत एक भिडियो जारी गर्दै पहिलो पटक सार्वजनिक रुपमा आफ्नो रोगबारे कुरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *