बालाजुबाट लागूऔषध सहित २३ वर्षीय युवक पक्राउ

काठमाडौं । प्रहरीले आइतबार दिउँसो ७ सय ५० ट्याब्लेट नाइट्राभेट सहित काठमाडौं महानगरपालिका-१६ बालाजुबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं धनुषा मिथिला नगरपालिका-९ धारापानी घर भई बालाजु बस्ने २३ वर्षीय सुरेश राई रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

विशेष खबरको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले जाँच गर्दा उनले बोकेको झोलामा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *