भगवान शिवको पुजामा नगर्नुहोस् यी गल्ती , अन्यथा हुन्छ निकै अशुभ

काठमाण्डौ । भगवान शिवलाई तुलसीको पात वा तुलसीको कुनै पनि सामग्रीबाट पूजा गर्नुहुँदैन । तुलसीलाई विष्णु निकट मानिन्छ, जसलाई शिवले स्विकार गर्दैनन् । यसर्थ शिवको उपासनामा तुलसी चढाउनु बर्जित छ । तिल वा तिलबाट बनेका कुनै पनि प्रसाद, तेल लगायतका कुनै पनि वस्तु भगवान शिवलाई अर्पण गर्नुहुँदैन ।  तिल भगवान विष्णुको मयल(मैलो)बाट उत्पन्न भएको मानिन्छ  । यसर्थ तिल भगवान शिवलाई चढाउनु बर्जित छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शिवको अभिषेक गर्दा हमेशा सुन, चाँदी वा कासबाट बनेका भाडावर्तनबाट गर्नुपर्दछ । स्टील वा प्लास्टिकका भाडा शिव पुजनका क्रममा उत्तम मानिदैन । भगवान शिवलाई नरीवल चढाउन सकिने भएपनि नरीवलको पानिको अभिषेक भने गर्नुहुँदैन । भगवान शिवलाई शंख अर्पण गर्नुहुँदैन । टुक्रिएको चामल अर्थात कनिका समेत शिवलाई अर्पण गर्न बर्जित छ । कालो रंगको वस्त्र पहिरीएर शिव पुजन गर्नुहुँदैन ।

भगवान शिवको उपासनामा बेसार पनि चढाउनु हुँदैन । बेसारको सम्बन्ध भगवान विष्णु र सौभाग्यसँग रहेको हुँदा शिवलाई बेसार चढाउँदा चढाउने व्यक्तिको चन्द्रमा पक्ष कमजोर भई मन चञ्चल हुन्छ र कुनै पनि क्षेत्रमा परीपक्व काम गर्न सकिदैन। भगवान शिवलाई उमालिएको दुध पनि चढाउनु हुँदैन । उमालिएको दुधबाट शिवको अभिषेक गर्नु हानिकारक मानिन्छ ।  शिवलिंगको अभिषेक सदैव चिसो पानी वा काँचो दुधबाट गर्नुपर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *