बीपी प्रतिष्ठानमा इटहरीका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी–२० का ७८ वर्षीय पुरुष रहेका छन ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रक्तअल्पताबाट पीडित रहेका उनलाई पहिलो पटक असोज १८ गते कोरोना संक्रमण पुष्टि भएपछि असोज १९ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दोस्रो पटक गरिएको परिक्षणमा पनि कात्तिक १ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको आज बिहान ३ः०५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *