चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत रहेका उनको आज बिहान ४ बजे मृत्यु भएको सीएमसीका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् ।

उनलिया यहि असोज २० गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो भने सोहि दिन उनलाई कोरोना पुष्टि भएको थियो । उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको डा. लम्सालले बताए । मृतक पुरुष उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडबाट पनि ग्रसित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *