पाल्पाका पूर्वखोला र बगनासकाली गाउँपालिका बन्द

काठमाण्डौ । समुदायमा कोरोना संक्रमण बढेसंगै पाल्पाका दुई स्थानीय तहले आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरेका छन ।

समुदायका व्यक्तिमा संक्रमण बढेसंगै चार्डपर्वको बेला हुनसक्ने जोखिमलाई न्यूनिकरणका लागि बगनासकाली गाउँपालिका तथा पूर्वखोला गाउँपालिकाले आकस्मिक बाहेका सबै सेवा कात्तिक ६ गतेसम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।

साथै दुवै गाउँपालिकाले चाडपर्वको समयमा विदेश तथा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुलाई पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *