आज पनि यी क्षत्रमा भारी वर्षाको सम्भावना ….

काठमाण्डौ । केहि दिन यता देशका विभिन्न स्थानमा लगातार वर्षा भैरहेको छ । यस्तै गरि आज पनि देशभर मनसुनी वायुको प्रभाव परेकाले गर्दा सबैतिर आँशिकदेखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा लगातार रुपमा वर्षा भइरहेको छ । यसका साथै पश्चिमि भू–भागमा मनसूनी न्युन चापीय रेखा नेपालबाट दक्षिण तर्फ सरेको छ भने पूर्वी भू–भागमा भने नेपाल नजिकै रहेको अवस्था छ। आज दिउँसो देशभर नै सामान्य बदली रही केहि स्थानहरुमा भने हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बिहीबार जारी गरेको मौसम पूर्वानुमानमा जनाइएको छ ।
यसका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको उक्त पूर्वानुमानमा उल्लेख गरिएको छ । साथै, आज राती पनि देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानहरुमा भने भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमान गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
देशभर अहिले भैरहेको लगातार वर्षाका कारणले गर्दा देशका विभिन्न ठाउँमा बाढी पहिरोले समेत निकै क्षती पुर्याइरहेको छ । यसै कारणले गर्दा सबैलाई सचेत रहन समेत आग्रह गरिएको छ ।