डेढ करोड बढीको अवैध यार्सागुम्बा बरामद

काठमाण्डौ । प्रहरीले दार्चुलाको महाकाली नगरपालिका–४ पुलघाटबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको यार्सागुम्बासँगै एकजना पुरुषलाई पनि प्रक्राउ गरेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका–३ का ३५ वर्षीय दोकार लामा रहेका छन् भने उनीबाट कुल १७ किलो ५ सय १० ग्राम अवैध यार्सागुम्बा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

लामाले १० किलोको पुर्जी लिएर साढे १७ किलो यार्सागुम्बा तस्करी गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख पदम विष्टले बताए । बरामद यार्सागुम्बासहित लामालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *