एउटा यस्तो निर्णय जसले जोगायो प्रधानमन्त्री ओलीको सरकार…

काठमाण्डौ । केहि समय यता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उनको पार्टीभित्रै बाट पनि निकै आलोचना हुँदै आएको थियो । पार्टीको सचिवालय तथा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को आलोचना हुँदै आएको थियो भने पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालल सहितका नेताहरुले उनको राजिनामा समेत माग गरेका थिए ।

ओलीका विश्वास पात्र मानिएका तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रेस खरिद प्रकरणमा विवादमा मुछिएका थिए भने अन्ततः उनले राजिनामा दिनुपरेको थियो भने यस घटनाले ओली नेतृत्वको सरकारमाथि निकै ठूलो प्रश्न खडा गरेको थियो । त्यसपछि पार्टी भित्रैबाट बाँस्कोटमाथी छानबिन हुनुपर्ने दबाब बढ्दा समेत ओलीले कुनै छानबिन नगरी घटनालाई सामसुम बनाइ दिएका थिए । त्यसपछि सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशको कारण प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा नै पुगे ।

त्यसपछि ओलीले राजिनामा दिनुपर्ने दबाब पार्टी भित्र बाटै प्रचण्ड र नेपालले बढाउदै लगेपछि अन्ततः ओली आफ्नो सरकारलाई जति नै विस्थापित गर्ने नीतिलाई विफल बनाउने राष्ट्रियताको मुद्दालाई अगाडि सारे र बर्षौदेखि भारतको अतिक्रमणमा परेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समावेश गर्दै नयाँ नक्सा जारी गर्ने निर्णय गरे। नयाँ नक्सा जारी गरे लगत्तै ओलीको राष्ट्रियतामाथि चौथर्फी प्रशंसा भयो भने जनस्तरमा समेत प्रधानमन्त्री ओलीले स्यावसी पाए ।

नयाँ नक्सा जारी गरेपछि भारतले आफ्नो नेतृत्वको सरकारलाई हटाउन लागेको भन्दै ओलीले अभिव्यक्ति दिएपछि विवादमा तानिएका ओलीको पार्टी भित्रबाटै आकास्मिक रुपमा राजिनामा दिन माग बढिरहेको थियो । तर पनि जनस्तरमा भने ओली नेतृत्वको विस्थापित गर्न नहुने भनेर माग बढे पछी भने अन्ततः प्रचण्ड र नेपाल राजिनामा दिनुपर्ने अडानबाट पछि हटे भने अहिले उनीहरु मध्यमार्गी बाटो खोज्दै जारी समाधान गर्नतर्फ अग्रसर भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *