विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो

काठमाडौं । कोरोना भाइरस चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा सन् २०१९ साल डिसेम्बरमा पहिलोपटक देखिएको थियो ।  त्यसबेला कोरोना भाईरसले चीनलाई नराम्रोसँग असर पारेको थियो । कोरोना भाईरस संक्रमित तथा यसबाट मृत्यु हुनेको संख्या प्रत्यक दिन बढिरहेको छ । अहिलेको समयमा कोरोना भाईरसले २ सय १० देश तथा क्षेत्रमा आफ्नो आतंक फैलाइसकेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अहिले विश्वभरमा यस महामारीका कारण ज्यान गुमाउनेको संख्या ११ लाख १८ हजार ३ सय २१ पुगेको छ भने संक्रमितको कूल संख्या ४ करोड २ लाख ७८ हजार २ सय ७ पुगिसकेको छ । त्यस्तै कूल संक्रमित  मध्य ३ करोड १ लाख १२ हजार २ सय ४ जनाको सफल उपचार भईसकेको छ र  हाल उपचाररत रहेका कूल ९० लाख ४७ हजार ६ सय ८२ संक्रमित  मध्यको एक प्रतिशत अर्थात् ७१ हजार ९ सय ९५ जनाको अवस्था निकै गम्भीर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *