आज बडादशैंको तेस्रो दिनः देवी चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं अन्तर्गतको आज तेस्रो दिन नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आराधना गरी मनाइँदैछ । चन्द्रघण्टा माता दुर्गाको तेस्रो शक्तिको नाम हो भने उनको शीरमा घण्टा आकारको अर्धचन्द्र हुन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सिंहलाई चन्द्रघण्टा देवीको बाहन मानिन्छ भने चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको स्वरुपका रुपमा पूजा गर्ने गरिन्छ । क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृत्ति नास गर्न र सज्जनको रक्षा गर्न उनी यस लोकमा अवतरण गरेको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

आजको दिन माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी पूजा गर्ने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published.