काठमाडौं‌मा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं । काठमाण्डौको सामाखुसीमा गाडीको ठक्करबाट आइतबार एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको पञ्चगाछी गाउँपालिका–४ घर भएका ३१ वर्षीय अशोक जाजपुरीया रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनलाई काठमाडौं महानगरपालिका–२६ सामाखुसी चोकमा ना ६ ख ४०१६ नम्बरको गाडीले ठक्कर दिएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लागिएको थियो भने उपचारको क्रममा उनको मृत्यु भएको हो ।

ठक्कर दिने गाडी र गाडीका चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *