ड्युटीमा खटिएका असईको हत्या, हबल्दार अझै बेपत्ता

काठमाडौं । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ भने उनीसँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् । मृत्यु हुनेमा असई गोविन्द विक रहेका छन् भने हबल्दार रामबहादुर साउद  वेपत्ता भएका हुन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

जिगडा चौकीबाट मोटरसाइकलमा चढी सीमा क्षेत्रतर्फ गस्तीमा गएका असई विकको शव फेला परेको भएपनि हबल्दार साउद अझैसम्म सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले बताएका छन् ।

असईको शव मोहना नदीमा फेला परेको हो । उनी बर्दिमै रहेका कारण ड्युटीकै समयमा घटना घटेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् । उनलाई कसैले घेरा हालेर हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । यस घटनाको विषयमा थप अनुसन्धान चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *