अब एकल पुरुषलाई पनि भत्ता

काठमाण्डौ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले गत आर्थिक वर्षबाट रु ५०० का दरले एकल पुरुषलाई पनि मासिक भत्ता दिन थालेको छ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा पर्ने भएका कारण उनीहरुलाई पनि भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताएका छन् । यससँगै गाउँपालिकाभरिका कुल २८ जना एकल पुरुषले गत आर्थिक वर्षदेखि निरन्तर रुपमा एकल पुरुष भत्ता खान थालेका छन् ।

गाउँपालिकाले भत्ता दिन थालेपछि एकल पुरुष पनि खुशी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *