अदालतको आदेशमा कंगना रनौतमाथि मुद्दा दर्ता

काठमाण्डौ । चर्चित बलिउड नायिका कंगना रनौतविरुद्ध अर्को एउटा एफआईआर दर्ता गरिएको छ । मुम्बइको बान्द्रा अदालतले पिटिशनर साहिल अशरफ अली सैयदको निवेदनमा कंगनाविरुद्ध मुद्दा दर्ता गर्न प्रहरीलाई आदेश दिएको थियो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनीमाथि बलिउडमा हिन्दु–मुश्लिमको नाममा फाटो ल्याएको आरोप लगाइएको छ भने उनका साथै उनकी बहिनी रंगोलीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । चार दिनअघि मात्रै कंगनाविरुद्ध किसानविरुद्ध अपमान गरेको आरोपमा तुमकुर (कर्नाटक) मा एफआईआर दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *