यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विनिमयदरका सार्वजनिक गरेको छ जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६५ पैसा रहेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै, पाउण्ड स्टर्लिङको एकको खरिददर १ सय ५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ३३ पैसा रहेको छ भने युरो एकको खरिददर १ सय ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ८२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २३ पैसा र बिक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *