आज आइतबार, कसरी रिझाउने सुर्य देवलाई ?

काठमाडौं । हिन्दु धर्ममा हप्ताको हरेक बारलाई कुनै न कुनै देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

हप्ताको पहिलो दिन आइतबार भगवान सूर्य देवताको दिन हो । आइतबार सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहेको हुन्छ । साथै काशीको कोतवाला भैरवको प्रिय दिन पनि आइतबार हो। हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुने मान्यता रहेको छ भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *