हेर्नुहोस् आजको यति राम्रो राशिफल

काठमाडौं । आज मिति २०७७ साल कार्तिक २ गते आइतबारको राशिफल यसप्रकार रहेको छ :
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : उपचारमा खर्च हुने योग छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । आम्दानी बिगार्नेहरू सक्रिय रहने हुँदा सतर्क रहनुहोला। बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्ने हुँदा विचार पुर्याउनुहोला ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
वृष राशि ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) : अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । नवीन बिचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।लाभ हुने कामको प्रारम्भ गर्ने समय रहेको छ ।
मिथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) : कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पति प्रयोग गर्न पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आँटेका काम पुग्नेछन्। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ । पारिवारिक सम्बन्ध सुध्रिने छ भने दाम्पत्य जीवनमा धेरै राम्रो हुने योग छ । भौतिक साधन जुट्नेछ भने आयआर्जन पनि राम्रै हुनेछ।
कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । साथै बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने छ ।
सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : लाभ हुने काम प्रारम्भ गर्ने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
कन्या राशि ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) : औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । कडा मिहेनत गर्दा राम्रो फल पाउन सकिन्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ भने मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ ।
तुला राशि ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) : प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुनेछ भने काममा पनि राम्रै फाइदा हुने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा हुनेछ। बोलीको प्रभाव बढ्ने हुनाले कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। पारिवारिक सम्बन्ध सुध्रिने छ भने दाम्पत्य जीवनमा धेरै राम्रो हुने योग छ ।
वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्ने हुँदा सतर्क रहनुहोला । अनावस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाति रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ।
धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) : कृषिबाट भने सामान्य लाभ उठाउन सकिनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । अरूले फसाउन सक्छन्। साथै काम बिग्रने र खर्च बढ्ने देखिन्छ । परिवारमा मनमुटाव बढ्नेछ । साथै सवारी चलाउँदा विशेष ध्यान दिनुहोला ।
मकर राशि ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) : उपचारमा खर्च हुने योग छ । स्वास्थ्यामा देखिने समस्याका कारण केहि असहज महसुस हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नो’क्सान पुर्याउन सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहने हुँदा सतर्क रहनुहोला। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् भने पारिवारिक सम्बन्धमा पनि केहि खराबी आउने देखिन्छ।
कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) : अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कडा मिहेनत गर्दा राम्रो फल पाउन सकिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्ने देखिन्छ। पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगति गर्न सक्नेछन् ।