बन्द गरिएको अनलाइन कक्षा पुनः सञ्चालन हुने

काठमाण्डौ । महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागी गरिएको विश्वव्यापी  ल* कडाउनका कारण यतिबेला सबैको जनजीवन प्र *भावित भएको छ । कामकाजदेखि लिएर विधार्थीको पढाई समेत अन्योलमा परेको छ । हरेक कक्षाको पढाइमा अहिले रु*कावट आएको छ । कतिपय नि* जी विधालय तथा क्याम्पसहरुले अहिले अनलाईन कक्षा लिइरहेको थियो भने यहि साउन १ गतेदेखि भने अनलाइन कक्षाहरु ब* न्द गरिएका थिए । अनलाइन कक्षा संचालनमा नआएका कारण विधार्थीको पढाइ थप प्रभावित भएको छ ।

विभिन्न मागसहित निजी विधालयहरुले अनलाइन कक्षा बन्द गरेका थिए ।  निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले साउन ८ गतेदेखि अनलाइन कक्षा संचालन गर्ने निर्णय गरेको हो । यसका साथै भदौ १ गतेबाट विद्यार्थीलाई भर्ना र परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णयलाई पुनर्विचार गर्न संयुक्त रुपमा आग्रह गरी सकिएकाले गर्दा अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिएका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

विद्यालय सञ्चालक, शिक्षक तथा अभिभावक संघले तत्काल विद्यार्थी अभिलेखीकरण, पुस्तक वितरण तथा नयाँ भर्ना लगायतका क्रियाकलाप सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुरोध गरेको छ भने यसी बिचमा शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले विद्यालय पुनः सञ्चालनका विषयमा प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ र शिक्षकहरूसँग शिक्षा मन्त्रालयमा छलफल समेत गरेका थिए । उक्त छलफलमा सहभागी रहेका अधिकांशले विद्यालय खोल्नुपर्ने सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *