जान्नुहोस् भगवान श्रीकृष्णका यी चर्चित गाथाहरु..

काठमाडौं । भगवान श्रीकृष्ण द्वापरयुगका भगवान् हुन् । हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार श्रीकृष्ण मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । 

त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ। श्रीकृष्णका एक दाजु बलराम नन्द गोपालका सुपुत्र थिए। भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयोँ बाल लिला रचाएका थिए। कहिले कसैका घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए।

कहिले राधा अनि गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए। उनले सानो उमेरमै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गरेका थिए भने गोबर्धन पर्वत धारण जस्ता अनेकौ बाल लिला समेत देखाएका थिए।

भगवान श्रीकृष्णले बाल्यकालमा अन्य गोप बालकहरूसँग मिलेर गोपीनीहरूका घरमा गएर मखन (नौनी) चोरेर खान्थे। यसैले भगवान श्रीकृष्णलाई मखन चोर पनि भनिन्छ। उनले धेरैलाई सताएको भएपनि उनी सबैको प्यारा थिए । भगवान श्रीकृष्णले राधाजीको सँग निकुञ्ज वन र वृन्दावन हजारौ लिला रचाएका थिए। उनी आकर्षक थिए, बहादुर थिए, निर्णायक थिए, असल रक्षक थिए, योग्य पुत्र थिए र साथै योग्य मित्र पनि थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *