भोक लाग्दा किन कराउँछ पेट? यस्तो छ कारण

काठमाडौँ । सबै मानिस को पेट कुनै न कुनै बेला कराएको नै हुन्छ ।पेट कराउनु पछाडी को कारण बारे भने मानिसहरु अनविज्ञ नै हुन्छन । तपाइले पनि कहिलेकाहिँ पेट कराएको महसुस गर्नुभएको होला । अक्सर धेरै बेर खाली पेट रहँदा वा खराब खानपानका कारण पेट कराउने गर्दछ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । 

मेडिकल भाषामा यसलाई बोरबोरिग्मी भनिन्छ । अन्य कारणभन्दा लामो समय भोको रह्यो भने तुलनात्मक रुपमा बढि पेट कराउने गर्दछ । तर पेट कराउनु पछाडी कारण के त ? पेटले नियमित रुपमा हामीले खाएको खानालाई पचाउने काम गर्दछ जसका लागि पेट ले पाचनका लागि केहि समय लिने गर्दछ । खाना पचाउन पेटलाई औसतमा ३/४ घण्टा समय लाग्दछ ।

कतिपय अवस्थामा खानाको परीकारले यो समय यता उता हुनसक्छ । यस्तोमा हामीले धेरै समय सम्म खाना नखादाँ पेट खाली भएको हुन्छ । खाना पचाउन प्रक्रियाको लागि पेट खुम्चिने गर्दछ । तर खाली पेट भएको हुनाले केवल ग्याँस मात्र भेटिन्छ । खाली पेटमा ग्याँस र पेटबाट निस्किएका पाचन रसबीच घर्षणले आवाज निकाल्ने गर्दछ । यसैलाई हामी पेट कराएको भन्ने गर्दछौ ।

तर भोक लागेको हरेक पल्ट हाम्रो पेट कराउँछ भन्ने हुँदैन । भोक लाग्नुको अर्थ हो, शरीरले अति आवश्यक पोषण माग्नु । साथै भोकलाई नियन्त्रण गर्ने भाग हाम्रो दिमागमा रहेको हुन्छ । मानब दिमागले नै भोक लागेको कुरा जनाउने गर्दछ।यस्तोमा हाम्रो शरीरमा पोषण कम हुने बित्तिकै पेट र आन्द्रामा विशेष संकेत पुग्दछ र हामीलाई भोक लागेको अनुभव हुने गर्छ ।

हाम्रो पेट कराएको बेला पेट र आन्द्रा निकै सक्रिय हुन्छ । यस्तो बेलामा जे खाए पनि हतारहतार पचाउने कोसिस गर्दछन् । अर्थात पेट र आन्द्रा आफ्नो काममा सक्रिय हुन थाल्दछन । यस्तो बेला खाना पूर्ण रुपमा नपच्न सक्छ । तसर्थ लामो समय भोको रहेपछि शुरुमा केहि स्वास्थ्य खानेकुरा खानु स्वास्थको लागि उपयुक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *