लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई कोरोना पुष्टि

काठमाण्डौ । लुम्बिनी प्रदेशका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार गरिएको पिसिआर परीक्षणमा उनलाई संक्रमण देखिएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । 

उनका साथै उनकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना सङ्क्रमण देखिएको मन्त्री चौधरीले बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *