बाँकेमा १८ वर्षीय युवती सहित दुइ कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत रहेका २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकाँदो निवासी १८ वर्षीय युवती रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । 

दुवैजनाको उपचारको क्रममा शुक्रबार राति भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन ।

६१ वर्षीय पुरुषको आइसीयूमा उपचारकै क्रममा गए राति ९ बजे मृत्यु भएको हो भने १८ वर्षीय युवतीको गएराति १० बजे मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *