अफिसमा बेहोस भेटिएका बिमा कम्पनीका म्यानेजरको उपचारका क्रममा मृत्यु

काठमाण्डौ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित एक बिमा कम्पनीका म्यानेजरको मृत्यु भएको छ । शुक्रबार दिउँसो कार्यालयको कार्यकक्षमा  अचेत अवस्थामा फेला परेका रिलायन्स इन्स्योरेन्स महेन्द्रनगरका म्यानेजरको उपचारका क्रममा शुक्रबार बेलुका मृत्यु भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । 

मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका घर भएका ३५ वर्षीय साउँद रहेका छन् । मुखबाट फिँज तथा वान्ता निस्किएर ढलेको अवस्थामा उनलाई भेटेपछी कार्यालयका कर्मचारीले प्रहरीलाई खबर गरेर उपचारका लागि उनलाई धनगढीस्थित माया मेट्रो अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले जानकारी दिएका छन् ।

साउँदको कार्यकक्षमा रहेको डस्टबिनमा सलफास नामक विषादी भेटिएको हुँदा उनले विषादी सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । यद्यपि शव परीक्षण पछि मात्रै मृत्युको कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ । हाल उनको शवलाई परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *