चाणक्यले नीति शास्त्रले श्रीमान श्रीमतीको सम्बन्धको बारेमा के भन्छ ?

काठमाण्डौ । जो मानिस मुर्ख व्यक्तिसँग बस्छन् र मुर्ख व्यक्तिको संगत गर्छन् , उनीहरु बुद्धिमान मानिसको विरोध गर्छन् र उनीहरुले आफ्नो जीवनको दुः खको सामना गर्नुपर्छ । आचार्य चाणक्यले नीति शास्त्रको रचना गरेका थिए भने यसमा जीवनलाई सुखी, शान्त तथा सफल बनाउन सकिने नीतीहरु लाई उल्लेख गरिएको छ । यदि चाणक्यका यी नीतिलाई हामीले आफ्नो दैनिक जीवनमा अपनाउने हो भने हामीले जीवनमा धेरै दुःखको सामना गर्नुपर्दैन र हाम्रो जीवन खुसिसाथ बित्छ ।
चाणक्य नीतिको तेस्रो अध्यायको २१ औं श्लोकमा के भनिएको छ भने ,” मुर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम्। दंपतोस् कलहो नास्ति तत्र श्रीस् स्वयमागता।। यस नीतिमा चाणक्यले भनेका छन्–जहाँ मुर्खको पूजा हुँदैन, त्यहाँ मात्र ज्ञानीको सम्मान र मान गरिन्छ । त्यस्तै जहाँ बुद्धिमान मानिसले भनेको कुरा मानिन्छ, त्यहाँ सुख तथा शान्ति कायम हुन्छ। बुद्धिमान मानिसको संगत गर्नाले हाम्रो जीवनमा आइपरेका हरेक समस्या समाधान भएर जान्छ र हाम्रो जीवन सुखमय हुन्छ । यस्तै गरि जो मानिसले मुर्ख व्यक्तिको साथमा रहन्छ र बुद्धिमान मानिसको विरोध गर्छ, उसाले जीवनमा सधैँ दुःख पाउँछ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
जो मानिस धन–धान्य प्रयाप्त मात्रामा संग्रहित गर्छन् र जसले अन्नलाई निकै संम्मान गर्छन र अन्नको एक दाना पनि व्यर्थ फाल्दैनन्, त्यस्ता मानिसको घरमा कहिल्यै पनि अन्नको कमी हुँदैन। यसकारण पनि कहिल्यै एक दाना पनि अन्न खेर फाल्नु हुँदैन भनेर हाम्रो घरमा अग्रजहरुले पनि भन्ने गरेको पाइन्छ । यसका साथै जुन घरमा श्रीमान र श्रीमतीबीचको सम्बंधा निकै राम्रो हुन्छ , जहाँ कहिल्यै विवाद हुँदैन र सबैजना प्रेमपूर्वक हाँसीखुसि रहन्छन्, त्यहाँ सदैव सुख तथा शान्ति कायम हुन्छ । घरमा खुसि कायम गर्न श्रीमान, श्रीमतीबीच सधैं प्रेम हुनु जरुरी रहन्छ । यसतै जो घरमा शान्तिपूर्ण रुपमा बस्छन्, उनीहरुको वैवाहिक जीवन सधैं सफल हुन्छ।